शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

मृत अवस्थामा फेला

बुधबार, पुष १३ २०७९

काठमाडौं- बाँकेको राप्तिसोनारी गाउँपालिका–३ सिसुवास्थित पानीको तलाउमा सोही गाउँपालिका सिनाबास बस्ने ५२ वर्षीय टिकाराम थारु मंगलबार मृत अवस्थामा फेला परेका छन् । 
दाङको घोराही उपमहानगरपालिका–१६ नमुना टोल बस्ने ६० वर्षीया राम कुमारी नेपाली आफ्नै घर नजिकको कुलोमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।  

सल्यानको बागचौर नगरपालिका–७ सानापोखरास्थित कालाभिर भन्ने स्थानमा रोल्पा गंगादेब गाउँपालिका–५ महानेटा बस्ने ५५ वर्षीय तुलाराम ओली मंगलबार मृत अवस्थामा फेला परेका छन् । गत सोमबार बागचौर नगरपालिका–७ टाट्केस्थित मेला हेर्न भनी गएका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।