१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धार्थनगर नगरपालिका–१ बेलहिया बस्ने २४ वर्षीय सचिन थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सिद्धार्थनगर नगरपालिका–१ बेलहियास्थित निर्माणधिन मेघा होटलको कम्पाउण्डभित्र थापाले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।