शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

देशभर चिसो बढ्यो : हिजोको तुलनामा काठमाडौं उपत्यकामा आज अझै चिसो

बुधबार, पुष १३ २०७९

काठमाडौं । काठमाडौं उपत्यकालगायत देशभर चिसो बढ्दै गएको छ । तापक्रम घट्दो क्रममा रहेकाले काठमाडौं उपत्यकासहित देशभर चिसो अझै बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

महाशाखाका अनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव आठ डिग्री र अधिकमत तापक्रम १८ दशमलव पाँच डिग्री सेल्सियस छ ।

यो हिजोको तुलनामा १ डिग्री कम हो । हिजो काठमाडौंको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस मापन भएको थियो । 

आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस एक दशमलव आठ डिग्री सेल्सियस र सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम ३६ दशमलव चार डिग्री सेल्सियस छ ।

प्रदेश नं १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा हुने भएको छ । 

पश्चिमी वायुको प्रभावले प्रदेश नं १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा भई प्रदेश नं १ कै हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । रातको समयमा पनि सोही मौसमी प्रणाली कायम हुने बताइएको छ । 

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भू–भागमा हुस्सु÷कुहिरो लागेको छ भने बाँकी भू–भागमा मौसम सफा रहेको विभागले जनाएको छ ।