काठमाडौं । सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता पदमा अधिवक्ता डा. दिनमणि पोखरेल नियुक्त हुने भएका छन् ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ ग्रहणसँगै आवश्यक राजनीतिक नियुक्तिको प्रक्रिया सुरु गरेका छन् ।
नवनियुक्त महान्यायाधिवक्ता पोखरेलले आजै शपथ लिने बताइएको छ । सर्वोच्च अदालतको न्यायाधीशको दाबेदार रहेका पोखरेल लामो समयदेखि माओवादी केन्द्र निकट छन् ।
यसअघिका महान्यायाधिवक्ता खम्बबहादुर खातीले सोमबार पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री प्रचण्डले पोखरेललाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन् ।