शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

अर्थमन्त्री पौडेलले आन्दोलनरत व्यवसायीलाई वार्तामा बाेलाए, आन्दोलन तत्काललाई स्थगित

मंगलबार, पुष १२ २०७९

काठमाडौ । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले आन्दोलनरत व्यवसायीलाई मन्त्रालयमा छलफलका लागि बोलाएका छन् ।

ब्याजदर वृद्धिको विरोध गरिरहेका व्यवसायीसँग पौडेलले छलफल गर्न लागेका हुन् ।

पदभार ग्रहण गर्दैगर्दा पौडलले संकटपूर्ण अर्थतन्त्र सुधार्ने वाचा गरेका थिए । उनले अर्थमन्त्रालय र मातहतका निकायमा अनलाईन प्रणाली लागू गर्ने निर्णयसमेत गरेका थिए ।

पहिलो मन्त्रिपरिषद् बैठक अर्थतन्त्र सुधारमा केन्द्रित थियो । हिजोको बैठकले अर्थतन्त्रमा देखा परेका तरलता संकुचन, उच्च ब्याजदर विदेशी मुद्राको सञ्चितिमा परेको दबाब तथा पूँजीबजारमा आएको गिरावटलाई सम्बोधन गरी अर्थतन्त्रलाई गतिशील बनाउने निर्णय गरिसकेको छ ।

ब्याज वृद्धिका साथै राष्ट्र बैंकले ल्याएको चालू पुँजी कर्जा मार्गनिर्देशनको विपक्षमा उत्रिएका व्यवसायीहरू (नेपाल उद्योग वाणिज्य महासंघ) को टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर समस्या राखिसकेका छन्।