काठमाडौं । आज देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले बिहान तराई क्षेत्रमा हुस्सु लागेको र पहाडी क्षेत्रको मौसम बदली रहेको मौसमविद्ले बताएका छन् ।
आज दिउँसो कर्णाली र सुदूरपश्चिम लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना रहेको छ । महाशाखाका अनुसार प्रदेश १ र गण्डकीका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आज राति पहाडी भू–भागमा आंशिक बदली हुने र प्रदेश १ का हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको आकलन महाशाखाले गरेको छ ।