शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ 

सोमबार, पुष ११ २०७९

१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तिनाउ गाउँपालिका–१ ठुलीउदाङ बस्ने २१ वर्षीय हिमाल सोमरेलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
हिमालले ती किशोरीलाई असार ३ गते जबरजस्ती करणी गरेको र ती किशोरी गर्भवती समेत भएको भन्ने उजुरीको आधारमा प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।