बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

रवि लामिछानेकाे नेतृत्वमा रास्वपा सरकारमा जाने

सोमबार, पुष ११ २०७९

काठमाडौं । सभापति रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारमा जाने भएको छ ।

 नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेको रास्वपा सरकारमा सहभागी हुने एक नेताले जानकारी दिए ।

रास्वपाले कुन मन्त्रालय लिने भन्ने टुंगो लागेको छैन ।  

यता माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ भने उपप्रधानमन्त्री बन्ने भएका छन् । पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले सोमबार श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो । 

एमाले नेतृत्वमा बनेको सातदलीय गठबन्धनको बैठक आज बस्दैछ । ‘पावर शेयरिङ’ प्याकेजमै टुंग्याउने तयारीका लागि बैठक बस्न लागेको हो ।

आज दिउँसो प्रधानमन्त्री प्रचण्डले शपथ ग्रहण गर्दैछन् ।