शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

देउवालगायत कांग्रेस नेताहरुले प्रचण्डलाई दिए बधाई

सोमबार, पुष ११ २०७९

 काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर प्रचण्डलाई बधाई दिएका छन् । 

कांग्रेस सभापतिसमेत रहेका देउवाले प्रधानमन्त्रीमा नियुक्त भएको प्रचण्डलाई बधाई तथा शुभकामना दिएका प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । 

माओवादी केन्द्रको बैठक बसिरहेका बेला अध्यक्षसमेत रहेका प्रचण्डलाई देउवाले फोन गरेर बधाई तथा शुभकामना दिएका हुन् ।

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका अनुसार कांग्रेसका अन्य केही नेताले पनि प्रचण्डलाई बधाई दिएका छन् ।  प्रचण्डलाई फोन गर्दै कांग्रेस नेताहरूले ‘हाम्रो प्रधानमन्त्री तपाई नै हो’ भन्दै बधाई दिएको महराले बताए ।

उनले भने, ‘म नेताहरूको नाम लिन्न । कांग्रेसका केही नेताहरूले फोन गरेर दाहाललाई बधाई दिनुभयो ।  हाम्रो प्रधानमन्त्री तपाई नै हो भन्नुभयो ।’

कांग्रेससहितको गठबन्धन तोडेर प्रचण्ड आइतबार एमालेसहितका दलको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । उनले सोमबार अपरान्ह ४ बजे प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिँदै छन् ।