काठमाडौ बैशाख ११
नेप्से १७ दसमलव ९४ अंकले घटेर १६ सय ७५ दसमलव ७८ बिन्दुमा झरेको छ । सेन्सिटिभ पनि चार दसमलव ६५ अंकले घटेर तीन सय ६० दसमलव ७६ बिन्दुमा झरेको छ । आज एक सय ४२ कम्पनीह्रुको आठ हजार चार सय ८८ वटा कारोवारमा १६ लाख २६ हजार चार सय ३१ कित्ता सेयर खरिदबिक्री भएको छ भने कारोवार ९६ करोड ५२ लाख लाख तीन हजार दुई सय ८४ रुपैयाँ पुगेको छ ।
आज सात वटा समुहको कारोवार उच्च अंकले घटेको छ भने अन्य समुहको सुचक बढेको छ । बीमा समुहको सुचक ८३ दसमलव ७४ अंकले घटेर आठ हजार नौ सय २३ दसमलव २६ अंकमा झरेकोमा ३४ करोड २५ लाख १६ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बाँणिज्य बैक समुहको सुचक १९ दसमलव १७ अंकले घटेर १५ सय ४८ दसमलव सात बिन्दुमा कायम रहेकोमा ३५ करोड ३६ लाख ५६ हजार रुपैयाँको सेयर किनबेच भएको छ । जलबिद्युत समुहको सुचक २२ दसमलव ४४ अंकले घटेर १९ सय ९३ दसमलव ९८ बिन्दुमा झरेकोमा चार करोड दुई लाख ९४ हजार चार सय रुपैयाँको सेयर किनबेच भएको छ । होटल, फाईनान्स र अन्य समुहको सुचक पनि आज व्रmमश २३ दसमलव तीन, चार दसमलव दुई र आठ दसमलव ६७ अंकले घटेको छ । आज कमाउने र गुमाउने कम्पनीहरु यस्ता रहेकाछन ।
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्र स कम्पनीको नाम आजको कारोवार मुल्य आजको बढेको मुल्य
१ राष्ट्रिय बीमा कम्पनी १२१९७ ९.९९
२ राष्ट्रिय बीमा कम्पनी (संस्थापक) १०९६५ ९.९९
३ श्री इन्भेष्टमेन्ट फाईनान्स ३०९ ९.९६
४ हाम्रो बिकास बैक ३०३ ९.७८
५ माउन्ट मकालु डेभलपमेन्ट बैक ६४९ ८.१७
गुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्र स कम्पनीको नाम आजको कारोवार मुल्य आजको घटेको मुल्य
१ दिव्येश्वरी हाईड्रो पावर कम्पनी २२३ ७.०८
२ युनाईटेड फाईनान्स ३२७ ६.५७
३ वोमी माईक्रो फाईनान्स १७७० ५.७०
४ सेती फाईनान्स २५५ ५.५५
५ गुह्ेश्वरी मर्चेन्ट फाईनान्स २७४ ५.१९