बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

माओवादीबाट नारायणकाजी उपप्रधानमन्त्री बन्ने

सोमबार, पुष ११ २०७९

काठमाडौं ।  नेकपा माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने भएको छ ।

सोमबार बिहान पार्टी कार्यालयमा बसेको केन्द्रीय पदाधिकारीको बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गठबन्धन बैठकमा लैजाने निर्णय गरेको हो ।

सत्ता गठबन्धनको बैठक अहिले केही बेरपछि बस्दै छ ।

श्रेष्ठलाई कुन मन्त्रालय दिने भन्ने विषयको टुंगो गठबन्धन बैठकपछि हुने माओवादी प्रवक्ता कृष्णबहादुर महराले बताए ।

बैठकमा नयाँ मन्त्रिमण्डल गठन लगायतका विषयमा छलफल हुनेछ ।

श्रेष्ठ यसअघि परराष्ट्र र गृहमन्त्री भइसकेका छन् ।उनी राष्ट्रिय सभाका सांसद हुन् ।