शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

बाबुरामले प्रचण्डलाई भेटेरै दिए बधाई

सोमबार, पुष ११ २०७९

काठमाडौं ।  नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेरै बधाई दिएका छन् ।

आज बिहान पत्नी हिसिला यमीसँगै खुमलटार पुगेर डा. भट्टराईले प्रचण्डलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएको जानकारी उनले सामाजिक सञ्जालबाट जानकारी दिएका छन् ।

सामाजिक सञ्जालमा बधाई दिँदै गरेको तस्वीर राख्दै उनले प्रचण्डसँग सहकार्यको प्रस्ताव अघि सारेका छन् ।

उनले लेखेका छन्–

क.प्रचण्ड तेश्रो कार्यकालकानिम्ति देशको प्रधानमन्त्री बन्नुभएकोमा हार्दिक बधाइ तथा पूर्ण सफलताको शुभकामना! क्रान्तिको बाटो बांगोटिंगो र अनिश्चयले भरिपूर्ण भएकाले जीवनको अन्तिम कालखण्डमा हामीले सम्पन्न गरेको जनक्रान्तिका उपलब्धीहरू संस्थागत गर्दै देशलाई समृद्ध बनाउन सहकार्य गरौं!