बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

देउवाले आज बालुवाटार छाड्दै, होटलमा बस्ने तयारी

सोमबार, पुष ११ २०७९

काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाड्ने भएका छन् ।

आइतबार सात दल र तीन स्वतन्त्र सांसदसहित १६९ सांसदको समर्थनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाले आज दिउँसो बालुवाटारस्थित सरकारी निवास छाड्न लागेका हुन् । 

तर बालुवाटारबाट कहाँ सर्न लागेका हुन् भन्ने यकिन भइसकेको छैन ।  देउवाको बूढानिलकण्ठस्थित देउवाको घर मर्मत भइरहेको बताइएको छ ।

उक्त घरमा तत्काल बस्न मिल्ने बातावरण छैन । स्रोतका अनुसार घर मर्मत नसकिएसम्म सभापति देउवाले बूढानिलकण्ठकै कुनै एक होटलमा बस्ने तयारी गरेका छन् । आजै अपरान्ह ४ बजे नवनियुक्त प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको शपथ छ।

प्रचण्डको शपथअघि नै देउवाले बालुवाटार छाड्ने तयारी गरेको बताइएको छ ।