काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवालाई दुवै पदबाट राजीनामा दिन सुझाव दिएका छन् ।
उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन्– देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजिनामा दिनुपर्छ।हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन? भन्दै प्रश्न गरेका छन् ।
उनले सत्तालिप्सा र भजनमण्डली यसमा जिम्मेवार भएको बताउँदै राजीनामा नदिए चाडै बिशेष महाधिवेशन बोलाई समेत उल्लेख गरेका छन् ।
