बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राष्ट्रपतिमा सुवास नेम्वाङको चर्चा !

सोमबार, पुष ११ २०७९

काठमाडौँ – पहिलो चरणमा प्रधानमन्त्री बन्ने भएपछि माओवादीको राष्ट्रपतिमा दाबी नहुने भएपछि एमालेले राष्ट्रपति पाउने निश्चित भएको छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र समेत रहेकाले नेम्वाङ नै राष्ट्रपति बन्ने चर्चा सुरु भएको छ ।

 एमाले–माओवादी सहितका दल मिलेर सरकार गठन गर्ने सहमति भएसँगै माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने भएका छन् ।

एमाले–माओवादीबीच आलोपालोको आधारमा प्रधानमन्त्री बन्ने सहमति भएसँगै पहिलो चरणमा प्रचण्ड र दोस्रो कार्यकालमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।

राष्ट्रपति पाएको खण्डमा एमालेबाट को राष्ट्रपति बन्छन् ? भन्ने चासोको विषय बनेको छ । विभिन्न विकल्पमध्ये उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको नाम अगाडि सुनिन्छ ।