काठमाडौं । पहिले को प्रधानमन्त्री ? भन्ने विषयलाई लिएर सत्तारुढ गठबन्धनका बीचमा रस्साकस्सी चलिरहेको बेला नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच बालुवाटारमा वान टु वान वार्ता चलिरहेको छ ।
केही बेर अघि सुरु भएको दुईबीचको वार्ता नै वर्तमान सत्ता गठबन्धन अघि बढ्ने वा भत्कने भन्ने विषयमा निर्णायक हुनसक्ने अनुमान गरिएको छ ।
कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै नछाड्ने अडान लिएपछि अप्ठयारोमा परेका माओवादी अध्यक्ष प्रचण्ड सहमतिका लागि थप प्रयास गर्न बालुवाटार पुगेका हुन् ।
बिहान पदाधिकारी बैठक डाकेर राय लिएका प्रचण्डलाई पहिलो प्रधानमन्त्री हुनका लागि सल्लाह दिएका छन् । सोही सन्देश लिएर प्रचण्ड प्रधानमन्त्री देउवासँग छलफल गर्नका लागि बालुवाटार पुगेका हुन् ।
यता सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले प्रधामन्त्री र राष्ट्रपति छाड्न नसक्ने आफ्टो बटमलाइन माओवादीलाई सुनाइ सकेको छ ।