काठमाडौं । नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरू अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा भेला भएका छन् ।
नयाँ सरकार गठनका लागि रस्साकस्सी चलिरहेका बेला उनीहरु गठबन्धनलाई कसरी अघि बढाउने वा यहीँबाट गठबन्धन तोड्ने विषयमा छलफल गर्न भेला भएका हुन् ।
बिहान १० बजेपछि बालुवाटारमा गठबन्धन बैठक डाकिएको छ ।
कांग्रेसले माओवादीलाई प्रधानमन्त्रीमा समर्थन नजनाए आजको बैठकबाटै सत्ता गठबन्धन टुंग्याउने तयारीमा माओवादी नेताहरू छन् । बैठकमा के कसरी प्रस्तुत हुने भन्नेमा रणनीति बनाउन नेताहरू खुमलटारमा भेला भएका बताइएको छ ।