बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

देउवाले प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्छ : नेता बाँस्कोटा

आइतबार, पुष १० २०७९

काठमाडौं । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आज सकिदै गर्दा गठबन्धनको निर्णायक बैठक बालुवाटारमा बस्दैछ । बैठक अहिले १ बजेबस्ने भनिएको छ ।

सत्तारूढ गठबन्धनमा प्रधानमन्त्री कसलाई बनाउने भन्ने विषयमा सहमति जुटिनसक्दा एमाले भने प्रचण्ड प्रधानमन्त्री बन्नुपर्ने पक्षमा देखिएको छ । 

पूर्वमन्त्री एवं एमाले नेता गोकुल बाँस्कोटाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउनुपर्ने बताएका छन् । नेता बाँस्कोटाको उक्त धारणालाई कतिपयले एमाले अध्यक्ष ओलीकै धारणाको रूपमा हेरेका छन् । 

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि प्रचण्डलाई छोडिदिन आग्रह गर्दै सामाजिक सञ्जालमार्फत बाँस्कोटाले भनेका छन्, ‘नेपाली राजनीति फेरि पनि च्याँखे दाउमै रमाउने देखिँदै छ । विकास, सरल र छरितो सेवा, बेरोजगारी र गरिबीलाई जित्नुपर्ने राजनीतिक दायित्वको जनमतको चाहना केवल सत्ताको छिनाझम्टीमै सकिने भो । अस्थिरता नेपालको अभिशप्त नियति भो । देउवाले प्रचण्डलाई छोडे हुने । गठबन्धन नै गाँठो नपरोस् । शुभकामना ।’

नेता बाँस्कोटाले अघिल्लोपल्ट २३ सीट भएको कांग्रेस पहिलो भएर सरकार चलाउन पाउँदा १२१ एमाले भएकाे तेस्रो भएर प्रतिपक्षमा बसेको र अहिले ३२ सिट भएको माओवादी पहिलो भएर सरकार चलाउनु ८९ दोस्रो भएर मिलेर बस्न पर्ने देखिएको समेत बताएका छन् ।

कांग्रेसले माओवादीलाई प्रधानमन्त्रीमा समर्थन नजनाए आजको बैठकबाटै सत्ता गठबन्धन टुंग्याउने तयारीमा माओवादी नेताहरू छन् ।