बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पत्रकार महासंघको साधारणसभा राष्ट्रपतिद्वारा उद्घाटन, ६ सय बढी पत्रकार सहभागी

शुक्रबार, पुष ८ २०७९

सुर्खेत  । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा कर्णालीको राजधानी वीरेन्द्रनगरमा सुरु भएको छ।

उक्त  सभाकाे राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन् । कार्यक्रममा देशभरका ६ सय बढी पत्रकारहरु सहभागी भएका छन्।

राष्ट्रपति भण्डारीसहित नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा माओवादीका कृष्ण महरालगायतका नेताहरू सहभागी भएका छन्।

साधारणसभा आज र भोलि दुई दिनसम्म हुनेछ।