शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सवारी दुर्घटनामा चार जनाको मृत्यु 

बिहिबार, पुष ७ २०७९

काठमाडौं- भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–७ सिद्धकालिका ओरालोमा बा.९६ प ८ नम्बरको मोटरसाइकललको ठक्करबाट  पैदलयात्रीलाई सोही नगरपालिका–७ नगदेश बस्ने ६५ वर्षीय कृष्णहरि तकोको मृत्यु भएको छ । उक्त मोटरसाइकलले शुक्रबार ठक्करबाट गम्भीर घाइते भएका उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  
धनुषाको सवैला नगरपालिका–१० स्थित सिमराढी सडक खण्डमा ना.१ ज ८४४० नम्बरको गाडीले र ज.११ प ५४७३ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकल चालक शहिदनगर नगरपालिका–७ धबौली बस्ने २० वर्षीय अरूण मण्डल र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २५ वर्षीय ज्ञानी मण्डल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका अरूणको प्रादेशिक अस्पताल जनकपुरमा र ज्ञानीको सोही अस्पताल हुँदै थप उपचारको क्रममा वीर अस्पताल काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
सिरहाको मिर्चैया नगरपालिका–७ फुलवरियास्थित सडकमा प्रदेश २–०१–००३ प ६९२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३५ वर्षीय प्रविण तिवारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मंगलम अस्पताल मिर्चैया हुँदै थप उपचारको लागि फुलकुमारी मेमोरियल अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान  गरिरहेको छ ।