काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण सकिएलगत्तै संघीय संसदमा जलपान समारोह हुने भएको छ ।
संघीय संसद् सचिवालयका रोजनाथ पाण्डेका अनुसार सांसदहरुको शपथ सकिएसँगै जलपान समारोह हुने भएको हो ।
उक्त जलपान समारोहमा नवनिर्वाचित सांसदहरुसहित संसद् सचिवालयले आमन्त्रण गरेका विशिष्ट व्यक्तिहरूको उपस्थिति हुने बताइएको छ ।
सांसदहरूले शपथ ग्रहणका लागि आउँदा निर्वाचन आयोगले प्रदान गरेको निर्वाचित प्रमाण पत्र अनिवार्य ल्याउनुपर्ने भएको छ ।
केही बेरमा सुरु हुने शपथ ग्रहणमा सांसदले निर्वाचित प्रमाण ल्याउन छुटाए शपथ ग्रहण गराउन नसकिने संघीय संसद् सचिवालयका रोजनाथ पाण्डले जानकारी दिए ।
उक्त प्रमाणपत्र संसद् सचिवालयले भेरिफिकेशन गरेपछि मात्र सांसलदहरुलाई शपथ ग्रहणमा सहभागी गराइने उनले बताए ।
संसदका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले नवनिर्वाचित सांसदहरूलाई शपथ गराउँदैछन् ।