शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

एकाएक काठमाडौंको मौसम बिग्रियो, उडान अवरुद्ध

बिहिबार, पुष ७ २०७९

काठमाडौं । एकाएक विहानदेखि काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानको मौसम बिग्रिएको छ ।

आज बिहीवार काठमाडौंसहित देशका पहाडी तथा तराईका भूभागमा हुस्सु, कुहिरोले ढाकेको छ । हाल नेपालको पूर्वी भूभागमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले मौसम बिग्रिएको मौसमविद्हरुले बताएका छन् ।

 काठमाडौं उपत्यकाको आकाश बिहानैदेखि हुस्सुले ढाकेको छ । जसका कारण उडानहरु अवरुद्ध भएका छन् । उडानहरु अवरुद्ध बन्दा यात्रा गर्नेहरुलाई भने असहज भएको छ । हुस्सु र कुहिरोका कारण काठमाडौंमा पनि जाडो बढेको छ ।

अहिले प्रदेश १, वागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही तराईका थोरै भू–भागमा हुस्सु÷कुहिरो रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 
आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने आज राति प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहने विभागको अनुमान छ । 
आगामी २४ घण्टामा तराईका केही भू–भागमा बिहानीपख हुस्सु÷कुहिरो लाग्ने  र देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले विभागको आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।