बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज डेमो उडान

बिहिबार, पुष ७ २०७९

काठमाडौं । आज नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन (डेमो) उडानहुँदैछ ।

यति एयरलाइन्सले बिहान १० बजे र बुद्ध एयरले २ बजे विमानस्थलमा डेमो उडान गर्ने भएका हुन् । 

दुवै कम्पनीका जहाज पोखरास्थित पुरानो विमानस्थलबाट उडेर नयाँ विमानस्थलमा अवतरण गर्ने छन् ।

नवनिर्मित विमानस्थलमा १ जनवरी २०२३ बाट आन्तरिक उडान समेत सर्दैछ । त्यसको तयारीका लागि आज प्रदर्शन उडान गर्न लागिएको हो ।