शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सांसदहरूको शपथअघि आज सर्वदलीय बैठक

बिहिबार, पुष ७ २०७९

काठमाडौं  । संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको बैठक बोलाइएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसदको ज्येष्ठ सदस्यको रुपमा राप्रपा नेता पशुपतिशमशेर राणाले पद तथा गोपनीयताको शपथ लिएसँगै उनले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

उनले बिहीबार दिउँसो १ बजे नवनिर्वाचित प्रतिनिधि सभा सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउँदैछन् । त्यसअघि बिहीबार मध्यान्ह १२ बजेका लागि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको बैठक आह्वान गरिएको छ ।

बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका एक–एक जना र स्वतन्त्रबाट निर्वाचित सांसदलाई बोलाइएको छ ।

बैठकमा संसद सञ्चालनलगायतका विषयमा छलफल हुनेछ ।