शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेप्से सुचक तथा कारोबार रकम दुबै घट्यो

बुधबार, पुष ६ २०७९

बाँणिज्य बैंक बाहेक सबै समुहको सुचक रातै
काठमाडौं–अघिल्लो दिन बढेको नेप्से आज बुधबार भने घटेको छ । नेप्से आज पाँच दशमलव ८९ अंकले घटेर १८ सय ६७ दशमलव २२ अंकमा पुगेको छ भने सेन्सिटिभ पनि एक दशमलव ३१ अंकले घटेर तीन सय ६५ दशमलव ३४ अंकमा पुगेको छ । दुई सय ५२ वटा कम्पनीहरुको २० हजार चार सय ३३ पटकको कारोबारमा २४ लाख ४० हजार तीन सय सात कित्ता सेयर किनबेच हुंदा आज कारोबार रकम ८६ करोड ३८ लाख १६ हजार पाँच सय ६१ रुपैंयाँ पुगेको छ । 

आज १३ वटा समुहहरुको कारोबार हुंदा आज बाँणिज्य बैंक समुहको सुचक सामान्य अंकले बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । सो मध्ये बिकास बैंक समुहको सुचक १७ दशमलव ८४ अंकले घटेर तीन हजार दुई सय ८० दशमलव ४६ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि १४ दशमलव सात अंकले घटेर १९ सय ५० दशमलव ९५ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ३७ दशमलव ८३ अंकले घटेर नौं हजार एक सय दशमलव २० अंकमा पुगेको छ भने फाईनान्स, निर्जिवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि घटेका छन् । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा आँधीखोला लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा पञ्चकन्यामाई हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा एनआईसी एशिया बैंक परेको छ ।