काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । प्रधानमन्त्री, राष्ट्रपतिलगायतका शक्ति बाँडफाँटको विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बुधबार बस्न लागेको हो ।
कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएलगत्तै गठबन्धनको बैठक बस्ने तयारी गरिएको हो । आज बस्ने भनिए पनि समय तोकिएको छैन ।
माओवादी केन्द्रबाहेक अन्य गठबन्धन दलले संसदीय दलको नेता चयन गरिसकेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले १० पुस साँझ ५ बजेसम्म प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री पदको दाबी गर्न समय दिएकी छन् ।
प्रधानमन्त्रीसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखललगायत शक्ति बाँडफाँट गर्ने विषयमा गठबन्धन बैठक केन्द्रित रहने जनाइएको छ ।