आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

नौ सांसदलाई मतपत्रको फोटो खिच्न लगाएर देउवालाई ‘फरवार्ड’ 

बुधबार, पुष ६ २०७९

काठमाडौं । नेपाली काग्रेस संसदीय दलको नेता छान्न मतदानमा केही सांसदले विधिविपरीत आफूले मत हालेपछि मतपत्रको तस्बिर खिचेका छन् ।

मतदानका लागि जाँदा निर्वाचन समितिले मतदातालाई मोबाइल लैजान निषेध गरेको थियो । तर कम्तीमा नौ जना महिला सांसदहरूले भने मोबाइल लगेर मतपत्रको फोटो खिचेर कांग्रेस नेतृ आरजु राणालाई बुझाएका छन् ।  

आरजुले ती तस्वीरहरू सभापति शेरबहादुर देउवालाई ‘फरवार्ड’ गरिसकेकी छन् ।

कुनै पनि गोप्य मतदानमा मतदानपछि मतपत्रको फोटो खिच्न पाइँदैन । तर, कांग्रेसको संस्थापनले भने आफ्नै पक्षका सांसदहरूमाथि निगरानी बढाउन र अविश्वास भएकाले फोटो खिच्न लगाएको छ ।

यसरी फोटो खिचिएको विषयमा संस्थापन इतरका उम्मेदवार गगन थापाले आपत्ति जनाएका छन् । उनले फोटो खिच्नेहरूलाई सामाजिक सञ्जालमा पोस्ट गर्न चुनौती पनि दिएका छन्।

संसदीय दलको नेताका लागि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा छन् ।