बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

एमाले संसदीय दलको नेतामा ओली सर्वसम्मत

बुधबार, पुष ६ २०७९

काठमाडौँ – नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेता चयन भएका छन् ।

मंगलबार बसेको एमाले संसदीय दलको बैठकमा उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा अध्यक्ष ओलीलाई दलको नेतामा सर्वसम्मत चयन गरिएको सांसद ठाकुर गैरेले जानकारी दिए । 

उनका अनुसार अर्को बैठक बसेर उपनेता, प्रमुख सचेतकलगायत चयन गर्ने एमालेको तयारी छ ।