आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

बागलुङको निसीखोला गाउँपालिका अध्यक्ष घर्तीमाथि लागेको लागूऔषध सम्बन्धी कसुर ठहर

मंगलबार, पुष ५ २०७९

बागलुङ । बागलुङको निसीखोला गाउँपालिका अध्यक्ष सुर्यबहादुर घर्तीमाथि लागेको लागू औषध गाँजा/चरेस सम्बन्धी कसुर ठहर भएको छ ।

घर्ती यसअघि निसीखोला गाउँपालिका वडा नम्बर ६ को वडा अध्यक्ष हुँदा २०७७ असार १२ गते ८० केजी गाँजा सहित आफ्नै घरबाट पक्राउ परेका थिए । 

जिल्ला प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले घर्तीलाई पक्राउ गरेको थियो ।

बुर्तिवाङ बजारमा शंकास्पद युवालाई समात्ने क्रममा गाँजा सप्लाई गर्ने व्यक्तिको खोजी गर्ने गर्दै जाँदा प्रहरी घर्तीसम्म पुगेको थियो । घर्तीको घरबाट गाँजा बरामद भएको थियो ।

जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धान गरि ०७७ भदौ ४ गते जिल्ला अदालत बागलुङमा लागूऔषध गाँजा/चरेस/नियन्त्रण ऐन २०३३ सम्बन्धी मुद्धा दर्ता भएको थियो ।

जिल्ला अदालत बागलुङका न्यायाधीश दिवाकर भट्टको इजालशले घर्ती माथि लागेको कसुर ठहर गर्दै सजाय निर्धारणको लागि पेश गर्न आदेश दिएको जिल्ला अदालत बागलुङले जनाएको छ ।

उनी नेपाली काँग्रेसका तर्फबाट गठबन्धनका साझा उम्मेदवार बनेको थिए ।