आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

 केन्द्रमा बलियो मन्त्रालय र मधेश प्रदेशको मुख्यमन्त्री जनमत पार्टीको बटमलाइन

मंगलबार, पुष ५ २०७९

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले मधेश प्रदेशको मुख्यमन्त्रीमा आफ्नो पार्टीको दाबी रहने बताएका छन् ।

सोमबार निर्वाचन आयोगले आयोजना गरेको जलपान कार्यक्रममा सहभागी हुने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आफ्नो पार्टीबाट विजयी सदस्यहरूको संख्या र मधेशका जनताको माग पनि जनमत पार्टीको नेतृत्वको सरकार खोजिरहेको उनले बताए । 

उनले हालको सत्ता गठबन्धनलाई नै समर्थन रहने संकेत पनि गरे । तर, यसका लगि पार्टीले उठाउँदै आएका मागहरू पुरा गर्न सरकारले घनिभुत र ठोस रुपमा प्रतिबद्धता जनाउनु पर्ने बताए ।

अघिल्ला सरकारले गरेका जस्तो कागजमा मात्रै सिमिति प्रतिबद्धको पछि जनमत नलाग्ने उनले बताए । उनले भने, ‘जनताका जनजीविकाका सवालमा निर्वाचनअघि दलहरूले गरेका प्रतिबद्धता पुरा हुनुपर्छ । यस्तै,  किसानसँग गरेका वाचा प्रतिबद्धता पुरा भए अहिलेकै सत्ता गठबन्धनमा हाम्रो समर्थन रहन्छ ।’ मधेश प्रदेशमा मुख्यमन्त्री र केन्द्रमा बलियो मन्त्रालय पाउने आशमा जनमत पार्टी छ ।

उनले यो गठबन्धनबाहेक अरुसँग पनि छलफल भइरहेको र ती छलफललाई सकारात्मक रुपमा लिएको बताएका छन् ।