आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

आज पहाडी भेगका केही क्षेत्रमा वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

मंगलबार, पुष ५ २०७९

काठमाडौं ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मुलुकका पहाडी भेगका केही क्षेत्रमा वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना  छ ।

दिउँसो प्रदेश १ का पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १,  बागमती र गण्डकीका उच्च पहाडी भूभागका एक/दुई स्थानमा हल्का हिमपातको पनि आकलन महाशाखाले गरेको छ ।

राति प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागको एक(दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

बुधबार प्रदेश १ मा आंशिकदेखि सामान्य  बदली हुनेछ भने बागमती र गण्डकीमा आंशिक बदलीको सम्भावना छ ।