बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सूचीसहित)

मंगलबार, पुष ५ २०७९

काठमाडौँ – सरकारले निलगिरी खोला १ र २ जलविद्युत आयोजनाको २२० के.भि प्रशारण लाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ ।

आईतवार बसेको मन्त्रिपरिषद्को बैठकले निलगिरी खोला १ र २ जलविद्युत आयोजनाको २२० के.भि. प्रशारण लाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको सूचना सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

सोमवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै कार्कीले सरकारले माथिल्लो फावाखोला जलविद्युत आयोजनाका निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएको पनि बताए ।

त्यस्तै, बैठकले संरक्षण क्षेत्र भित्रका जलविद्युत आयोजनाका लागि थप सर्त समावेश गर्ने, अन्नमा आधारित पूरक बाल आहारको गुणस्तर मापदण्ड निर्धारण गर्नेसम्बन्धी आदेश स्वीकृत गर्ने, खाद्य पदार्थमा हेभी मेटलको अधिकतम मात्रा निर्धारण गर्ने सम्बन्धी आदेश स्वीकृत गर्ने निर्णय भएको उनले बताए ।

अन्नमा आधारित पूरक बाल आहारको गुणस्तर मापदण्ड निर्धारण गर्नेसम्बन्धी आदेश स्वीकृत गर्ने, खाद्य पदार्थमा हेभी मेटलको अधिकतम मात्रा निर्धारण गर्ने सम्बन्धी आदेश स्वीकृत गर्ने, निलगरी खोला १ र २ जलविद्युत आयोजनाको २२० के.भि प्रशारण लाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने, माथिल्लो फावाखोला जलविद्युत आयोजनाका निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने, संरक्षण क्षेत्र भित्रका जलविद्युत आयोजनाका लागि थप सर्त समावेश गर्ने, मौसमी कामदार व्यवस्थापन निर्देशिका,२०७९ स्वीकृत गर्ने, कालीगण्डकी नदी क्षेत्रबाट दुई थान शिला जनकपुरधामस्थित जानकी मन्दिरलाई उपलब्ध गराउन स्वीकृत दिने निर्णय भएको उनले बताए ।