काठमाडौं– अघिल्लो दिन घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने सामान्य अंकले बढेको छ । नेप्से आज तीन दशमलव ८३ अंकले बढेर १८ सय ५८ दशमलव ८९ अंकमा पुग्दा सेन्सिटिभ पनि एक दशमलव १५ अंकले बढेर तीन सय ६३ दशमलव ९७ अंकमा पुगेको छ । नेप्से बढेपनि आज कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । आज दुई सय ५१ वटा कम्पनीहरुको ३० हजार पाँच सय ४५ पटकको कारोबारमा २६ लाख ९९ हजार तीन सय ३१ कित्ता सेयर किनबेच हुंदा कारोबार रकम ८८ करोड ६० लाख ९८ हजार पाँच सय ६८ रुपैयाँ पुगेको थियो । अघिल्लो दिन भने यस्तो कारोबार रकम एक अर्ब १५ करोड रुपैंयाँ रहेको थियो ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार हुंदा चार वटा समुहहरुको सुचक घटेपनि बाँकी नौं वटा समुहहरुको सुचक भने बढेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दशमलव ३५ अंकले घटेर १२ सय ६५ दशमलव ४५ अंकमा झर्दा जलबिद्युत, लघुवित्त र ट्रेडिङ्ग समुहको सुचक पनि घटेका छन् । बिकास बैंक समुहको सुचक भने १५ दशमलव २९ अंकले बढेर तीन हजार दुई सय ८९ दशमलव ९९ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि २८ दशमलव ५९ अंकले बढेर नौं हजार ५२ दशमलव ९८ अंकमा पुगेको छ । निर्जिवन बीमा समुहको सुचक पनि १३ दशमलव २८ अंकले बढेर सात हजार चार सय नौं दशमलव ३१ अंकमा पुगेको छ भने फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष र अन्य समुहहरुको सुचक पनिे बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा धौलागिरी लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा इष्ट्रन हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा प्राईम कर्मसियल बैंक परेको छ ।