१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका–४ बस्ने २० वर्षीय सचिन तिमलसिना र सोही नगरपालिका–६ बस्ने २१ वर्षीय प्रताप तामाङलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले ती किशोरीलाई सुन्दरहरैचा नगरपालिका–७ बेलगाछिस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै उक्त घटनामा संलग्न अन्य २ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।