शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेप्सेमा ३५ अंकको उच्च बृद्धि, उच्च बृद्धि पश्चात सर्किट ब्रेक

आइतबार, बैशाख १० २०७४

काठमाडौ बैशाख १०
उच्च अंकले बढेको नेप्से आज अन्तिम समयमा ३५ दसमलव ३८ अंकले सुधार आई १६ सय ९३ दसमालव ७२ बिन्दुमा पुगेको छ । सेन्सिटिभ पनि सात दसमलव ३८ अंकले बढेर तीन सय ६५ दसमलव ४१ अंकमा पुगेको छ । एक सय ४२ कम्पनीहरुको १० हजार एक सय ९१ वटा कारोवारमा २२ लाख १० हजार एक सय ७५ कित्ता सेयर खरिद बिक्रि  भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्रि भएको छ भने कारोवार रकम एक अर्ब ५३ करोड ३८ लाख १८ हजार आठ सय १२ रुपैयाँ पुगेको छ ।
आज आठ वटा समुहको कारोवार भकएकोमा आठ वटै समुहको कारोवार बढेपछि नेप्से पुरै हरियो भएको छ ।  आजपनि बीमा समुहको सुचक तीन सय १८ दसमलव ९३ अंकले बढेर नौ हजार सात बिन्दुमा चढेकोमा ५७ करोड ८३ लाख १३ हजार रुपैयाँको सेयर खरिद  बिक्रि भएको छ । बाँणिज्य बैक समुहको सुचक ३१ दसमलव ३७ अंकले बढेर १५ सय ६७ दसमलव २४ बिन्दुमा चढेकोमा ५८ करोड २७ लाख ८९ हजार रुपैयाँको सेयर खरिद बिक्रि भएको छ । बिकास बैक समुहको सुचक पनि ३० दसमलव १९ अंकले बढेर १९ सय ६९ दसमलव ४६ बिन्दुमा चढेकोमा २४ करोड ६७ लाख २४ हजार रुपैयाँको सेयर खरिद  बिक्रि भएको छ ।
आज होटल, जलबिद्युत, फाईनान्स, उत्पादनमुलक र अन्य समुहको सुचक पनि उच्च अंकले बढेको छ । नेप्सेमा आज केहीबेर प्राबिधिक समस्या देखिएपछि तीन बजेर २४ मिनेटसम्म नेप्सेको नियमित कारोवार कक्ष खुल्ला रहेको थियो । आज कमाउने र गुमाउने कम्पनीहरु यस्ता रहेकाछन । 
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
    क्र स     कम्पनीको नाम     आजको कारोवार मुल्य         आजको बढेको मुल्य 

१    राष्ट्रिय बीमा कम्पनी     ११०८९            १०
२    राष्ट्रिय बीमा कम्पनी (संस्थापकं)    ९९६९        १०
३    कर्णाली बिकास बैक        ३२१            ९.९३
४    लक्ष्मी भ्यालु फन्ड—१        १३            ७.४४
५    देव बिकास बैक        २९७            ७.२५
गुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
    क्र स       कम्पनि नाम         आजको कारोवार मुल्य         आजको घटेको मुल्य 

१    माउन्ट मकालु डेभलपमेन्ट बैक    ६००                ६.२५
२    नविल व्यालेन्स फन्ड—१    २१.१८                ५.०२
३    बिजय लघुबित्त संस्था        १३३८                ४.४२
४    सिर्नर्जी फार्ईनान्स        १६१                ३.५९
५    कञ्चन डेभलपमेन्ट बैक    ३७१                ३.३८