काठमाडौं, ७ वैशाख ।
उपत्यकाभित्र सवारी साधनहरुको बढ्दो संख्याले ध्वनि प्रदूषण वृद्धि गरेको भन्दै काठमाडौं महानगरपालिकाले सुरु गरेको हर्न बजाउन नपाइने अभियानमा रेनोल्ट कम्पनीले पनि सहयोग गरेको छ । कम्पनीले उक्त व्यवस्था प्रचारप्रसारका लागि कम्पनीले ‘नो हर्न’ अभियान सुरु गरेको हो ।
रेनोल्ट नेपालले यस व्यवस्थालाई समर्थन गर्दै काठमाडौं महानगरीय ट्राफिक प्रहरी विभाग तथा काठमाडौं महानगरपालिका कार्यालयले १ वैशाख २०७४ शुक्रबारदेखि काठमाडौं उपत्यकाभित्र हर्न बजाउन निषेधित अभियानमा सहकार्य गरेको हो । रेनोल्टले प्रत्येक व्यक्तिको जीवनको गुणस्तर बढाउँदै गतिशील बनाउनु आफ्नो उत्तरदायित्वको हिस्सा मानेको छ ।