बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

सामसुङ ग्यालेक्सी एस ८ र एस ८ प्लस सार्वजनिक

बिहिबार, बैशाख ७ २०७४

काठमाडौं, ७ वैशाख ।

सामसुङ ग्यालेक्सी एस८ र एस८ प्लस नेपालमा सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रम गर्दै कम्पनीले बहुप्रतिक्षित उक्त मोबाइलहरु सार्वजनिक गरेको हो ।

 नेपाली ग्राहकले २२ वैशाखपछि मात्र यी फोन पाउने कम्पनीले जनाएको छ । बुकिङ भने बुधबारबाटै खुला गरेको जनाइएको छ । नेपाली बजारमा एस८ को मूल्य ८८ हजार नौ सय रुपैयाँ र एस८ प्लसको ९९ हजार नौ सय रुपैयाँ तोकिएको छ । 

कम्पनीले यी स्मार्टफोन खरिदमा एनसेलको सिमसँगै आठ महिनासम्म हरेक महिना आठ जीबी डेटा सित्तैमा दिने जनाएको छ । त्यस्तै ६ महिनासम्मकालागि बीमाको व्यवस्थासमेत गरिएको छ ।