काठमाडौं, ७ वैशाख ।
सुन्धारास्थित सिभिल मललाई व्यवसायीहरूले निश्चित मूल्य अर्थात ‘फिक्स्ड प्राइस’ मल रुपमा घोषण गरेका छन् । उपत्यकाको मुख्य बजारको रूपमा देखा परेको सिभिल मलमा सामान खरिद गर्दा ग्राहकले मोलतोल गर्ने झमेला व्यहोर्नु नपरोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको व्यवस्थापनले जनाएको छ ।
मनोरञ्जन, खानपान, किनमेल र पार्किङको सुविधा प्राप्त गर्न सकिने उक्त मलमा विश्वस्तरीय सिनेमाहल, बालबालिकाका लागि नेपालकै सबैभन्दा ठूलो ‘इण्डोर गेम जोन’ र विभिन्न स्वादको परिकार पाइने फुडकोर्टसमेत रहेका छन् । किनमेल जगत्मा प्रमुख हिस्सा ओगट्दै आएको सिभिल मल ‘फिक्स्ड प्राइस’मल भएपछि ग्राहले वस्तु र सेवाको उपभोग अझै सहज रूपमा गर्नसक्ने मलको व्यवस्थापनले जनाएको छ ।