काठमाडौं, ७ वैशाख ।
नेपाली अपरेटरहरूले एयरबस हेलिकप्टर्स एच्१२५ का साथ हिमालयन देशहरूमा ५० हजार घण्टा उडान पुरा गरेका छन् । १५ एच्१२५ का साथ सात अपरेटरहरुले सामूहिकरूपमा उक्त उडान गरका हुन् ।
उक्त सफलताको अवसरमा रोटरक्राफ्ट एसियामा एक विशेष कार्यक्रम गरिएको थियो । कार्यक्रममा क्षेत्रका वरिष्ठ एयरबस हेलिकप्टर्स व्यवस्थापन र नेपाली अपरेटरहरूको प्रतिनिधिहरूलाई एकसाथ ल्याएको थियो ।
प्रत्येक अपरेटरले वरिष्ठ उपाध्यक्ष तथा दक्षिण पूर्वी एसिया र प्यासेफिक रिजनका प्रमुख फिलिप मोन्तःका हातबाट सह–धन्यवादस्वरुप मायाकोे चिनो प्राप्त गरेका थिए ।