बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

अर्घाखाँची सिमेन्टद्वारा ‘हर्न निषेध’ लाई सहयोग

बिहिबार, बैशाख ७ २०७४

 काठमाडौं, ७ वैशाख ।  

अर्घाखाँची सिमेन्ट कम्पनीले काठमाडौं उपत्यकाभित्र लागु गरिएको हर्न बजाउन निषेध अभियानलाई सहयोग गरेको छ । कम्पनीले उपत्यकाभित्र बढ्दो सवारी साधनको संख्यासँगै बढेको ध्वनि प्रदूषणलाई नियन्त्रण गर्न यो अभियानले सहयोग गर्नेे बताएको छ । 

काठमाडौं महानगरपालिका तथा काठमाडौं उपत्यकाभित्र महानगरीय ट्राफिक प्रहरीले यही १ वैशाख २०७४ देखि उपत्यकाभित्र सवारी साधनहरुले हर्न बजाउन निषेध गरेको हो । यो नियमअनुसार अत्यावश्यक सवारी साधन र सुरक्षाका सवारी साधनहरुलेसमेत अतिआवश्यक भएमा मात्र हर्न बजाउन पाउनेछन् । 

अर्घाखाँची सिमेन्टले सामाजिक उत्तरदायित्व अवलम्बन गर्दै समय–समयमा वृक्षरोपण कार्यक्रमका साथै वातावरण संरक्षणका लागि जनचेतना अभियानहरू पनि सञ्चालन गर्दै आएको छ । कम्पनीले बढ्दो वातावरणीय समस्याप्रति सचेत हुँदै सिमेन्ट उत्पादनमा पनि वातावरणमैत्री व्यागफिल्टर प्रविधिको प्रयोग गरिरहेको जनाएको छ । 

अभियानमा अर्घाखाँची सिमेन्टका साथै रेनोल्ट नेपाल तथा जिओनीको पनि सहयोग रहेको छ ।