काठमाडौं- नेप्सेमा भिषण पहिरो गएको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से ३१ दशमलव ९७ अंकले घटेर १८ सय ८५ दशमलव ३१ अंकमा पुगेको छ भने सेन्सिटिभ पनि छ दशमलव २८ अंकले घटेर तीन सय ६७ दशमलव ३६ अंकमा पुगेको छ । दुई सय ५३ वटा कम्पनीहरुको २४ हजार छ सय ४४ पटकको कारोबारमा ३५ लाख १२ हजार आठ सय ३४ कित्ता सेयर किनबेच भएका छन् भने आज कुल कारोबार रकम एक अर्ब १० करोड ३४ लाख चार हजार ४५ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये सबै समुहहरुको सुचक घटेर नेप्से राताम्मै देखिएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ३० दशमलव ८० अंकले घटेर १३ सय सात दशमलव १३ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि २६ दशमलव ४७ अंकले घटेर १९ सय ५७ दशमलव ८५ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ७८ दशमलव ४४ अंकले घटेर नौं हजार एक सय ३२ दशमलव ८७ अंकमा पुगेको छ भने निर्जिवन बीमा समुहको सुचक पनि ९८ दशमलव ४० अंकले घटेर सात हजार चार सय ५३ दशमलाव छ अंकमा पुगेको छ । यसैगरी आज बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नाडेप लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने शिवम सिमेन्ट पहिलो स्थानमा परेको छ ।