आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

समानुपातिक सांसदको नामावलीमा छानबिन गर्दै आयोग, सूची सच्याउन दुई दिनको समय

आइतबार, मंसिर २५ २०७९

काठमाडौं । निर्वाचन आयोगले दलहरुले बुझाएको समानुपातिक नामावलीमाथि आजैबाट छानबिन सुरु गरेको छ ।

साथै आयोगले समानुपातिक सांसदहरुको सूची सच्याउन दुई दिनको समय दिएको छ।

 समानुपातिक सांसदहरुको सूची समानुपातिक सिद्धान्त र क्लस्टर अनुसार नमिलेको नाम सच्याएर बुझाउन आयोगले आइतबार र सोमबार दुई दिनको समय दिएको हो।

दलहरुले शनिबार सामानुपातिक तर्फको बन्दसूचीमा उल्लेख भएका नामावली निर्वाचन आयोगमा बुझाएका थिए। उक्त नामावलीले आयोगले छानबिन गरेर प्रमाणित भएपछि मात्रै मान्यता पाउँछ।