काठमाडौं । काठमाडौंको कीर्तिपुरमा स्कुल बसले ठक्कर दिएर घाइते बनेका सशस्त्रका प्रहरी जवानको मृत्यु भएको छ ।
कीर्तिपुर नगरपालिका वडा नम्बर–६ स्थित सशस्त्र प्रहरी गण अगाडिको मूल सडकमा बसले ठक्कर दिँदा २९ वर्षीय सुवासचन्द्र रतेलाको मृत्यु भएको हो ।
बल्खुबाट चोभारतर्फ गइरहेको इण्डियन मोडर्न स्कूलको ना १क १६१२ नम्बरको बसले रतेलालाई ठक्कर दिएको थियो ।
उनको बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।