आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

किन हुँदैछ सुनचाँदीको मूल्य घटबढ ?

आइतबार, मंसिर २५ २०७९

काठमाडौं । केही दिन यता नेपाली सुनचाँदी बजारमा सुनचाँदीको मूल्य माथितल भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिकरत्न शाक्यका अनुसार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटबढ हुनुमा अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा हुने उतारचढाव प्रमुख कारण रहेको बताएका छन् । 

‘सुनचाँदीको अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्य र डलरमा हुने घटबढका आधारमा नेपाली बजारमा सुनचाँदीको मूल्य तोकिने गरेको छ’, अध्यक्ष शाक्यले भने । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार सात सय ९७ दशमलव ३५ डलरमा कारोबार भइरहेको छ ।

आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनकाे तुलनामा प्रतितोला  दुई सयले बढेर एक लाख पाँच सय पुगेको छ । अघिल्लो दिन प्रतितोला  एक लाख तीन सयमा कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ हजार आठ सय थियो ।    

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु १०ले बढेर एक हजार चार सय पुगेको महासङ्घले जनाएको छ ।