आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

समानुपातिक सांसद छनौटलाई लिएर रवि लामिछानेको रास्वपामा विवाद

आइतबार, मंसिर २५ २०७९

काठमाडौं । रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीमा समानुपातिक सिट बाँडफाँडलाई लिएर असन्तुष्टि बढेको छ । 

उक्त पार्टीका केन्द्रीय सदस्य तथा समानुपातिकको खस आर्यको दोस्रो नम्बरमा रहेका गणेश कार्कीले यस्तो असन्तुष्टि जनाएका हुन् । उनले पार्टीका महामन्त्री तथा प्रवक्ता मुलुक ढकालले आफ्नो गुरुआमालाई गुरुदक्षिण र आफ्ना कर्मचारीलाई अवसर दिएको आरोप लगाएका छन् ।

उनले लेखेका छन् –

1.JPG

 

2.JPG
यसैगरि  रास्वपाको बन्दसूचीमा दलित समूहबाट महिलाको पहिलो नम्बरमा कल्पना रोक्काले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टीले एक जना पनि दलित महिलालाई सिफारिस नगरेर दलित महिलामाथि अपमान गरेको बताएकी छिन् ।

उनले भनिन्, ‘पार्टीका नेताले भाषणमा हाम्रो पार्टीलाई एकदमै समावेशी चरित्रको छ भनेर दाबी गर्नुहुन्छ । तर, कति समावेशी छ भनेर अहिले समानुपातिकतर्फ सिफारिस भएका व्यक्तिको नामावली हेर्दा थाहा भइहाल्यो नि । २ जना दलित समुदायबाट पठाउँदा एक जना पनि महिला नपठाउनुले पार्टी कति समावेशी छ भनेर देखाइहाल्यो नि ?’

उम्मेदवार रोक्काले पार्टीको उक्त निर्णय विरुद्ध पार्टी कार्यालयमा उजुरी गर्ने समेत बताएकी छन् ।

उनले भनिन्, ‘पार्टीले यस्तो निर्णय गर्नुले समग्र दलित महिलामाथि अन्याय भएको छ । यसका विरुद्ध हामी सशक्त आवाज उठाउँछौ । पार्टी कार्यालयदेखि आवश्यकता अनुसार निर्वाचन आयोगमा पनि उजुरी गर्छौ ।’

रास्वपाले १०७ जनाको नाम बन्दसूचीमा राख्दा दलित समूहमा १४ जनाको नाम समावेश गरेको थियो ।