बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

‘राधे’ राजावादी भयो रे !

बुधबार, बैशाख ६ २०७४

काठमाडौं, ६ वैशाख ।

नयाँ वर्षको साइत पारेर प्रदर्शनमा आएको चलचित्र ‘राधे’ लाई राजावादीको आरोप लागेको बताइएको छ । यसका निर्माता सुशिल पोखरेलले नै स्टाटस लेखेर आरोप लागेको बताएका हुन् । 

नायक निखिल उप्रेतीको मुख्य भुमिका भएको ‘राधे’ को ‘बाउ लखेटेर आमा बेचेर खानेहरूसंग कसरी मिलेर बस्ने’ भन्ने सम्वादले राजतन्त्रको पक्षपोषण गरेको आरोप लागेको बताइन्छ । निर्माता पोखरेलले यसलाई स्वीकार गरेका छन् । उनले भने ‘ठाडै नभनिए पनि घुमाएर राजतन्त्रकै समर्थन गर्न खोजिएको हो ।’

जगदिश्वर थापाको लेखन तथा निर्देशन रहेको ‘राधे’ मा हिमाल केसीको एक्सन, रामजी लामिछानेको नृत्य, कृष्ण श्रेष्ठको छाँयांकन, अर्जुन पोखरेलकोको संगीत र गौतमराज खडकाको सम्पादन रहेको छ  । 

यो चलचित्रमा निखिलका अतिरिक्त प्रियंका कार्की, आशिष्मा नकर्मी, शिशिर भण्डारीलगायतका कलाकारको मुख्य भूमिका रहेको छ । ‘राधे’ ले करोड क्रसको व्यापार गरिसकेको बताइएको छ ।