काठमाडौ बैशाख ५
नेप्से ३९ दसमलव ५७ अंकल घटेर १६ सय १२ दसमलव चार बिन्दुमा झरेको छ । सेन्सिटिभ पनि नौ दसमलव आठ अंकले घटेर तीन सय ४८ दसमलव २४ बिन्दुमा झरेको छ । एक सय ४२ कम्पनीहरुको १० हजार एक सय ७६ वटा कारोवारमा आज २२ लाख नौ हजार नौ सय ३१ कित्ता सेयर खरिद बिक्रि भएका छन भने एक अर्ब ५० करोड ९४ लाख ८८ हजार आठ सय २८ रुपैयाँको कारोवार भएको छ ।
आठ वटा समुहको कारोवार भएकोमा उत्पादमुलक समुहको सुचकमा आठ दसमलव ९६ अंकले सुधार आएको छ भने बाँकी समुहको सुचक घटेको छ । बीमा समुहको सुचक एक सय ८४ दसमलव ४७ अंकले घटेर आठ हजार तीन सय ६१ दसमलव ६९ बिन्दुमा कायम रहेकोमा ५४ करोड २६ लाख ८६ हजार रुपैयाँको सेयर खरिदबिव्रmी भएको छ । बाँणिज्य बैक समुहको सुचक ४४ दसमलव सात अंकले घटेर १४ सय ९३ दसमलव एक बिन्दुुमा झरेकोमा ५८ करोड पाँच लाख ८७ हजार रुपैयाँको सेयर कारोवार भएको छ । बिकास बैक समुहको सुचक ३८ दसमलव ८७ अंकले घटेर १८ सय ७७ दसमलव ८३ बिन्दुमा झरेकोमा २३ करोड ६५ लाख ६० हजार रुपैयाँको सेयर कारोवार छ ।
जलबिद्युत, फाईनान्स, होटल र अन्य समुहको सुचकमा पनि उच्च अंकले गिरावट देखिएको छ । आज कमाउने र गुमाउने कम्पनीहरु यस्ता रहेकाछन ।
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोवार मुल्य आजको बढेको मुल्य
१ अरुण कावेली हाईड्रो ३५८ ९.८२
२ लक्ष्मी बैक ४९५ ६.४५
३ गोर्खाज फाईनान्स २८२ ५.६२
४ शुर्र्यादय लघुबित्त बिकास बैक ५७१ ४.९६
५ युनाईटेड फाईनान्स ३१४ ४.६७
गुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोवार मुल्य आजको घटेको मुल्य
१ बिजय लघुबित्त बिकास बैक १३१० ९.९६
२ एभरेष्ट बैक १८४५ ९.९५
३ वोमी माईव्रmो फाईनान्स १७२० ८.९९
४ शिखर इन्स्योरेन्स २००६ ७.६६
५ महिला सहयात्रा बित्तीय संस्था ११४१ ७.२३