शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

कुरकुरे वैंशमा कस्ती थिइन् दिशा पाटनी ?

मंगलबार, बैशाख ५ २०७४

मुम्बई, ५ वैशाख ।

रिल लाइफभन्दा रियल लाइफको रोमान्सलाई लिएर चर्चामा आउने गरेकी बलिउड नायिका दिशा पटानी एक पटक फेरि चर्चामा आएकि छन् । १७ वर्षे कुरकुरे वैंशमा खिचाएको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेर उनले चर्चा कमाएकी हुन् । 

२४ वर्षीय यी नायिका अहिले नायक टाइगर श्राफसंग गोप्य डेटिङ गरिरहेको बताइन्छ । अहिले निक्कै कामुक देखिने उनी यो फोटोमा भने साधारण र फरक देखिएकी छन् । उत्तर प्रदेशको बरेलीमा जन्मिएकी दिशाको एक साइन्टिष्ट बन्ने सपना थियो । उनी अध्ययनमा पनि निकै जेहनदार थिइन् । तर, भाग्यले उनलाई साइन्टिष्टको रोचक दुनियाँमा होइन ल्यामरको रंगिन दुनियाँमा डोर्यायो । 

लखनउको एमिटी युनिभर्सिटीमा पढ्दै गर्दा उनी फेसनको मैदानमा परेड खेल्न पुगिन । २०१३ मा उनले इन्दौरमा ‘फेमिना मिस इण्डिया इन्दौर’ मा भाग लिइन र फस्र्ट रनरअप भइन् । त्यसपछि उनले २०१५ मा तेलगु फिल्म ‘लोफर’ मार्फत फिल्म क्षेत्रमा पाइला राखिन् ।