सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित, कांग्रेस नेता सिटौला फेरि पराजित

बिहिबार, मंसिर ८ २०७९

काठमाडौँ – झापा-३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।

उनी नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। लिङ्देनले ४० हजार ६४० मत पाए भने सिटौलाले ३७ हजार २७२ मत पाए।

२०७४ सालको निर्वाचनमा पनि सिटौलालाई पराजित गर्दै लिङ्देन सांसद बनेका थिए। अहिले र त्यति वेला पनि उनलाई नेकपा (एमाले)ले समर्थन गरेको थियो।