सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

सवारी दुर्घटनामा चार जनाको मृत्यु 

बिहिबार, मंसिर ८ २०७९

काठमाडौं महानगरपालिका–१३ बाफलस्थित सडकमा ना.६ ख ४३८० नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री काभ्रेपलाञ्चोक चौरेदेउराली गाउँपालिका–४ घर भएका ४९ वर्षीया सरस्वती तामाङको बुधबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको मनमोहन अस्पताल  स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

बाराको निजगढ नगरपालिका–२ स्थित सडकमा बा.५ ख ८३ नम्बरको बसले प्र.२ –०३–००५ प ६१८७ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सबार रौतहट बृन्दावन नगरपालिका–९ भुसाहा टोल बस्ने ४० वर्षीय शेख मम्ताजको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको निजगढ नेशनल हस्पिटल हुँदै थप उपचारको लागि नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

मकवानपुरको ईन्द्रशरोवर गाउँपालिका–२ सल्लेमा ना.१ ज ४४६६ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा सुमोमा सवार भारत मथलोहियर बस्ने ४० वर्षीय सबिर आलमको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका सुमो चालक समेत ६ जनाको उपचार भइरहेको छ ।

चितवनको भरतपुर महानगरपालिका–१ रामनगरमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ठक्कर दिने सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।